धर्मगुरुको जन्मोत्सवमा सोमबार बिदा

सोमबार, १८ मंसिर २०८०
इलाम, मंसिर : किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । इलामको माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवमा आज सोमबार सार्वजनिक विदा दिइएको हो । गाउँपालिका र नगरपालिकाले आफ्नो पालिकाको तर्फबाट सूचना जारी गर्दै धर्मगुरु लिङदेनको जन्मोत्सवमा मंसिर १८ गतेलाई पालिमा क्षेत्रभित्र स्थानीय बिदा दिइएको जानकारी दिएका छन् ।   माङसेबुङले धर्मगुरू लिङदेनको जन्मोत्सवको अवसरमा विगतदेखि नै दिदैं आएको सार्वजनिक विदा यसवर्ष पनि निरन्तरता दिएको हो । माई नगरपालिकाले पहिलो पटक सार्वजनिक विदा दिएको हो ।   किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र माङसेबुङ गाउँपालिका बर्सेनि जन्मोत्सव विशेष धार्मिक कार्यक्रम हुने गरेको छ । यस ठाउँमा उच्च पदस्त ब्यक्तिहरुको आवागमन हुने गरेको छ । यस वर्ष समेत पर्यटन मन्त्री सुधन किराती आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार