ताप्लेजुङ– ताप्लेजुङमा गएराति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिरिजङ्गा गाउँपालिका–८, याम्फुदिनमा प्र.१–०१–००१ज.३४३७ नम्बरको बोलेरो दुर्घटना हुँदा चालक फुङलिङ नगरपालिका ५ का ३० वर्षे निसान लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भोटेगाउँबाट छेबुकतर्फ जानेक्रममा ओरालो बाटोमा भित्तामा ठोक्किएर बोलेरो दुर्घटनामा परेको हो ।
भित्तामा ठोक्किएर पल्टेको बोलेरोले चालक निसानलाई किचेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया