इलाम : देउमाई नगरपालिका स्थित मंगलबारे बजारमा सञ्चालित निशुल्क आँखा शिबिरमा तीन सय १५ जनाले आँखा जाँच गराएका छन् ।
सोमबार र मंगलबार भएको शिबिरमा देउमाई नगरपालिका सहित फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र इलाम नगरपालिकाका गरि सो संख्यामा आखाको निशुल्क परिक्षण भएको थियो ।
जसमा टेँडो रहेको आँखालाई सिधा पार्ने समेत गरिएको थियो । सोमबार १९ जना र २७ जना टेँडो नजर भएकाहरुको सिधा नजर समेत बनाइएको आयोजक इलाम उद्योग वाणिज्य संघ शाखा मंगलबारेका महासचिव सोम लुईटेलले बताए । उनले बुधबार समेत शिबिर सञ्चालन गरिने छ ।
बाणिज्य संघ मंगलबारे शाखाको आयोजना तथा देउमाई नगरपालिकाको आर्थिक सहयोग र मेचि आँखा अस्पताल झापाको प्राविधिक सहयोमा प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारेमा शिबिर संचालन भइरहेको छ ।
प्रतिक्रिया