८० जना किसानको माटो परिक्षण

मंगलबार, १९ मंसिर २०८०
इलाम :  कृषि ज्ञान केन्द्र इलामले १० औं अन्तराष्ट्रिय माटो दिवसको अवसर पारेर माटो परिक्षण गरेको छ । ज्ञान केन्द्रले मंगलबार माई नगरपालिकामा आयोजित एक कार्यक्रममा ८० जना किसानको माटो परिक्षण गरेको हो । ज्ञान केन्द्रका निमित्त प्रमुख टोनी बर्देवाका अनुसार नाईट्रोजन, फस्पोरस, पोटासियम, पिएच र माटोको बुनोट परिक्षण गरिएको हो । परिक्षण गरिएको माटोको रिपोर्ट पाँच दिनपछि सम्वन्धित पालिकाको कृषि शाखामा पठाईने उनले बताए । माटोको पिएच अनुसार आवश्यक पर्ने कृषि चुन र जिप्सम प्रयोग गर्न किसानहरुलाई सिफारिस गरिने बताइएको छ। ज्ञान केन्द्रका निमित्त प्रमुख बर्देवाको अध्यक्षता र  माई नगरपालिकाकी उपप्रमुख हिमा भण्डारीको प्रमख आतिथ्यतामा भएको कार्यक्रममा बागवानी विकास अधिकृत करमेन्द्र योङहाङ, कृषि प्रसार अधिकृत रुजन खड्का लगायतको उपस्थिति रहेको थियो। ज्ञान केन्द्रले समयसमयमा जिल्लाका विभिन्न स्थानमा पुगेर माटो परिक्षण गर्दै आएको छ । २०७१ सालबाट नेपालमा माटो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार