इलाम : इलामको नयाँ बजारमा बाला चतुर्दशी मेला सुरु भएको छ । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँ बजारमा मेला सुरु भएको हो । बाला चतुर्दशी मेला व्यवस्थापन समितिको आयोजनामा मेला सुरु भएको हो ।
मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, जातजातिको झाँकी प्रदर्शनी विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण स्थानीय खानाको परिकार लगायत दैनिक रूपमा विभिन्न कलाकारहरूको प्रस्तुति रहने आयोजक समितिका सचिव देवी अधिकारीलेले जानकारी दिए ।
सोही अवसरमा मङ्सिर २४ र २५ गते माइजोगमाई खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता समेत रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया