इलामको नयांबजारमा लाग्ने ऐतिहासिक बाला चतुर्दशी मेला सुरु

शुक्रबार, २२ मंसिर २०८०
सुनिता राई इलाम/ इलामको माईजोगमाई गाउँपालिकाको नयाँ बजारमा बाला चतुर्दशी मेला सुरु भएको छ । बालाचतुर्दशी मेला व्यवस्थापन समितिको आयोजनामा मेला सुरु भएको हो । बिहीबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले पानसमा बत्ती बालेर मेला उद्घाटन गरेका छन् । मेला व्यवस्थापन समिति संयोजक पुनम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्य तथा उपाध्यक्ष प्रविना राई र वडा नं १ का वडाध्यक्ष याम कुमार कार्कीको विशेष आतिथ्ययतामा कार्यक्रम भएको हो । वडाका वडा सदस्यहरू बजारवासी , विभिन्न संघसस्थाका प्रतिनिधि लगायत स्थानीयको उपस्थिति रहेको थियो । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम , जातजातिको झाँकी प्रदर्शनी विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण स्थानीय खानाको परिकार लगायत दैनिक रूपमा विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ । मङ्सिर २४ र २५ गते माइजोगमाई खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता समेत रहने आयोजकले जनाएको छ । मेलामा उपस्थित भई सभ्य र भव्य रूपमा सम्पन्न गर्नको लागि मेला आयोजक समितिले सबैमा अनुरोध समेत गरेको छ । कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव देवी अधिकारीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार