निर्माण व्यवसायीलाई क्षमता विकास तालिम

सोमबार, २५ मंसिर २०८०
इलाम, मङ्सिर : निर्माण व्यवसायीको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी दिने उद्देश्यले इलाममा निर्माण ब्यवसायीहरुलाई तालिम प्रदान गरिँदै छ । सोमबारबाट सुरु भएको तालिम  मङ्गलवार सम्पन्न हुने छ । तालिममा बोलपत्र व्यवस्थापन, ठेक्का प्रक्रिया लगायतका विषयमा जानकारी गराइने छ । तालिममा निर्माण विशेषज्ञ केशवराज आचार्यले सहजीकरण गरिरहेका छन् ।  तालिममा जिल्लाभित्रका एक सय ७० जना निर्माण ब्यवसायीहरुको सहभागिता रहेको व्यवसायी सङ्घ इलामका कोषाध्यक्ष सन्तोष रालजवटले जानकारी दिए । निर्माण ब्यवसायीहरुको क्षमता विकासका लागि तालिमले फाइदा मिल्ने व्यवसायी सङ्घ इलामका अध्यक्ष सन्तोष कुमार कटवालले बताए । उनले निर्माण व्यवसायमा लागेका युवाहरू सामान्य ज्ञानको अभावले पछि पर्नु पर्ने अवस्था नआओस् भनेर कार्यक्रम तय गरिएको बताए । तालिम सुरु हुनु अघि औपचारिक कार्यक्रम समेत भएको थियो । व्यवसायी सङ्घ इलाम अध्यक्ष कटवालको अध्यक्षता तथा व्यवसायी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एडी लामा शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष मोहन अधिकारी, व्यवसायी सङ्घका कोसी प्रदेश अध्यक्ष जनशेवक भण्डारी, द्धितिय उपाध्यक्ष सन्तोष कुमार ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार