लैङ्गिक हिंसा विरुद्ध आत्मा निर्भर समूह स्थापना दिवस कार्यक्रम सम्पन्न

सोमबार, २५ मंसिर २०८०
इटहरी : भ्वाईस अफ चिल्ड्रेन सुनसरी द्वारा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उपलक्ष्यमा आयोजित आत्मनिर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको छ । आइतबार देवानगञ्ज गाउँपालिका वडा नं.१ मा रहेको सामुदायिक भवनमा स्थानीय व्यक्तिलाई जनचेतना जगाउने उद्देश्यले लैङ्गिक हिंसा विरुद्ध आत्म निर्भर समूह स्थापना दिवस कार्यक्रम गरेको हो ।   भ्वाईस अफ चिल्डेनले विगत ६ वर्ष देखि महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई विभिन्न कार्यक्रमहरू गरी क्षमता अभिवृद्धि गर्दै आएको भिओसी संस्थाको कोसी प्रदेश संयोजक भरत थापाले बताए ।   उनका अनुसार आत्म निर्भर पद्धति परियोजनाले सीमान्तकृत, सेवा सुविधाबाट वञ्चित, जोखिम अवस्थामा रहेको समुदायका महिलाहरू सँग गरेको क्रियाकलाप र उपलब्धिहरू बारेमा स्थानीय निकाय सरोकार वाला र सेवा प्रदायक संघसस्थाहरूलाई जानकारी गराउनु भ्वाईस अफ चिल्ड्रेनका प्रमुख उद्देश्यहरू भएको बताए ।     कार्यक्रममा महिला हिंसा अन्त्य होस, महिला माथि हुने विभेद अन्त्य गरौँ, महिला पनि समाजका व्यक्ती हुन, जस्ता लगायतका नारा लगाएर र्‍याली निकालिएको थियो । भिओसी संस्था द्वारा गठन गरिएको आत्म निर्भर समूहलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताले एक लाख दिने घोषणा गरे। उनले भ्वाईस अफ चिल्ड्रेनले महिलाहरूलाई आर्थिक सामाजिक र राजनीतिक क्षमता अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गरे।   विभिन्न सेवा, सुविधाबाट वञ्चित बालबालिका, महिला, ज्येष्ठ नागरिकहरूलाई विभिन्न कार्य कम गरी आत्म निर्भर बनाउन सहयोग गरेकोमा खुसी रहेको देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विधा यादवले बताए ।     कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका कार्यक्रम अधिकृत सम्झना चौधरी, भ्वाईस अफ चिल्ड्रेन देवानगञ्जका सदस्य रामता पासवान (खुसी) दुर्गी पासवान (चमेली), गाउँपालिका वडाध्यक्ष, ईलाका प्रहरी इन्चार्ज, वाल सञ्जाल सुनसरीका बालबालिका गाउँपालिकाका बाल विकास शाखाका कर्मचारी, आत्मनिर्भर समूहका महिला र स्थानीय व्यक्तिहरू सहित दुई सय बढीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार