दाना र औषधि नगदमा, दूध बिक्री उधारोमा

विहीबार, २८ मंसिर २०८०
इलाम : पछिल्लो समय किसानले बिक्री गरेको  दूधको मूल्य  लामो समय देखी पाएका छैनन् । उनीहरूले दूध उधारोमा बेचे पनि दाना र औषधि भने नगदमा नै किन्नु परिरहेको बताएका छन् । किसानले डेरी वा संस्थामा दैनिक दूध त भर्छन् तर भुक्तानी कहिले हुने हो थाहा छैन । गाई, भैँसी पाल्न आवश्यक पर्ने दाना, औषधि लगायत नगदमा खरिद गर्नुपर्ने तर दूध उधारोमा बेच्नुपर्ने बाध्यता रहेको इलामका किसानहरु बताउँछन् । यहाँ सञ्चालित डेरीहरूले समेत घिउ बिक्री नभएको भन्दै भुक्तानी गर्न सकेका छैनन् । सहकारी मार्फत संस्थानलाई दूध बेचेका किसानको समेत भुक्तानी भएको छैनन । कतिपय डेरीले किसानको दूध लिनै छोडेका छन् । कतिपयले भने आधा मूल्य घटाएका छन् । इलामका किसान गोपीकृष्ण पौडेल अब दूध बिक्छ कि बिक्दैन  भन्ने  अन्योलमा परेको बताउँछन् । गोपीकृष्ण मात्र हैनन यहाँका  अधिकांश किसान भुक्तानी नपाएपछि चिन्तित बनेका छ्न । गाई भैँसी बिरामी पर्दा औषधि भने नगदमै किन्नु परेपनी  दुधको मूल्य नपाउदा पेसाबाटै पलायन हुने अवस्था आएको उनिहरु बताउछन् । पशुलाई खुवाउने दाना तथा बरन समेत व्यापारीले उधारोमा दिन छोडेको किसानहरू बताउँछन् । देशभर ३० लाख दूध उत्पादक किसान छन् । यसमध्ये अधिकांश किसानले दूधको रकम पाउन नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र प्रसाद यादवले बताए । उनका अनुसार दुईदेखि तीन महिना यता दूधको रकम भुक्तानी हुन नसकेको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार