ल्होसार भव्य रूपमा मनाउने तयारी

शुक्रबार, २९ मंसिर २०८०
इलाम : इलाममा ल्होसार भव्य रूपमा मनाउने तयारी गरिएको छ । बिरालो वर्षको बिदाइ र गिद्ध वर्षको स्वागतमा तिन दिन विभिन्न कार्यक्रम सहित इलाममा नयाँ वर्ष मनाउने भइएको हो ।   पुस १५ गते तमुहरूको पर्वको रूपमा रहेको ल्होसार यस वर्ष इलाम सदरमुकाममा भव्य रूपमा मनाउने तयारी गरिएको बताइएको छ ।   हि ल्हो अर्थात् बिरालो वर्षको स्वागत र मि प्हि अर्थात् गिद्ध वर्षको स्वागतको रूपमा इलाम सदरमुकाममा भव्य रूपमा मनाउने तयारी रहेको आयोजकले बताएको छ । आउने पौष १३, १४ र १५ गते इलाम सदरमुकाममा खेलकुदको आयोजना सहित गुरुङ समुदायको पहिचान प्रदर्शनका स्टल सहित अन्य समुदाय पहिचान समेत झल्किने गरीको कार्यक्रमको आयोजना रहेको ल्होसार चार्ड मूल आयोजक समिति अध्यक्ष पविमाया गुरुङले बताइन् । उनका अनुसार कार्यक्रममा विभिन्न समुदायको पहिचान सहित प्रतिनिधित्व गर्ने गरि भेट्रान फुटबलको आयोजना समेत रहने बताइएको छ । पुस १३ गते इलामको ठुलो टुँडिखेलमा खेल प्रतियोगिता हुने छ भने १४ गते इलाम चोक बजारमा उद्घाटन समारोहका साथ विभिन्न सांस्कृतिक कार्यक्रम रहने छ । साथै गुरुङ समुदायको पहिचान झल्काउने स्टल र परिकारको समेत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार