काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

शुक्रबार, २९ मंसिर २०८०
काठमाडौँ : सत्ता साझेदार दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ः१५ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । आउँदो पुस १६ देखि १९ गतेसम्म हुने भनिएको पार्टीको महासमिति बैठक सार्ने तयारी गरिएको छ । आजको बैठकबाट उक्त निर्णय गर्ने तयारी गरिएको एक पदाधिकारीले बताए ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार