नतिजामुखी परिणाम ल्याउन रणनीतिक योजना अनुसार काम गर्छु - नवनिर्वाचित अध्यक्ष लिम्बु

सोमबार, २५ पुस २०७९
शान्ति जनकल्याण बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा बीरबहादुर लिम्बू निर्वाचित भए । उनले ५ सय ९२ मत प्रप्त गर्दै निर्वाचित भएका हुन् । लिम्वुका निकटतम प्रतिद्वन्दी चन्द्रकुमार गिरीले ५ सय ३१ मत प्राप्त गरे । यसैगरी अध्यक्षकै अर्का अउद्वार बसन्त श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा मेघराज पराजुलीले ९६ मत प्राप्त गरे । नव निर्वाचित अध्यक्ष लिम्बुले संस्थाको विनियममा व्यवस्था भए अनुसार आर्थिक समृद्धिका लागी बहु उद्देश्यीय अवधारणा अनुसार व्यवस्थित काम गर्ने प्रतिवद्दता व्यक्त गरेका छन्  । अध्यक्ष लिम्बुले नतिजामुखी परिणाम ल्याउन रणनीतिक योजना अनुसार कार्य सम्पादन गर्ने उल्लेख गरेका छन्  । लिम्बुले निर्वाचनमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष माध्यमबाट  सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्  । संस्थाको अध्यक्षमा लिम्बू निर्वाचित हुदा  उपाध्यक्षमा चिन्तामणी सापकोटाले विजयी हासिल गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार