स्वास्थ्य मन्त्री बस्नेतद्वारा पाँचथरमा ५० शैयाको अस्पताल उद्घाटन

शनिबार, ३० मंसिर २०८०
पाँचथर :  पाँचथरमा ५० शैयाको अस्पताल निर्माण हुने भएको छ । सदरमुकाम फिदिममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले पाँचथरलाई एक जना एनएसथेसिया डाक्टरको प्रबन्ध मिलाइदिने बताए । पाँचथरमै नर्सिङ पारामेडिक्स कक्षा सञ्चालनको प्रबन्ध समेत गर्ने उल्लेख गरे । देशमा चिकित्सा शिक्षा खत्तम भएको भन्दै उनले त्यसलाई सुधार गर्न ५० शैयाको अस्पतालले नर्सिङ कक्षा सञ्चालन गर्न पाउनुपर्ने धारणा राखे । उनले तीन सय शैया भन्दा माथिका अस्पतालले चिकित्सक उत्पादनका लागि एमबिबिएस कक्षा सञ्चालन गर्न पाउनुपर्ने तर्क राखे । नेपाल सरकारले सबै अस्पताललाई ५० शैयाको बनाउने नीतिगत निर्णय गरेको छ । उक्त नीति कार्यान्वयन भएका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्नुपर्ने बस्नेतको जोड छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार