भोजपुर / भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा विषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
भोजपुर नगरपालिकाको प्रायोजन तथा नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा भोजपुरको आयोजनामा कार्यक्रम शुक्रवार सम्पन्न भएको हो ।
भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमलाई मानव अधिकारकर्मी डा। गोविन्द प्रसाद ढकालले मानव अधिकारको विषयमा सहजिकरण गरेका थिए ।
यस्तै अधिवक्ता नरेन्द्र खनालले मौलिक हक र कानुनी व्यवस्थाको विषयमा प्रकाश पारेका थिए ।
जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने निकायहरूमा पनि कानुनी अस्पष्टता रहेकोले दुवै पालिकाका जनप्रतिनिधि, कर्मचारी, प्रहरी, राजनैतिक दलका प्रतिनिधि लगायतलाई मानव अधिकारका विषयमा जानकारी गराइएको नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा भोजपुरका सचिव हरिकृष्ण ढकालले बताए ।
कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर प्रमीला राईले यस्ता कार्यक्रमहरू गाउँ गाउँसम्म पुर्याउन आवश्यक रहेको बताए ।
षडानन्द नगरपालिकाको दिङ्ला बजार स्थित बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा ६० जना भन्दा धेरैको सहभागिता रहेको थियो
प्रतिक्रिया