झापामा ६ जना फरार प्रतिवादी पक्राउ

सोमबार, ०२ पुस २०८०
झापा । झापामा ६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चारजना पशुपंक्षीसम्बन्धी र दुई जना लागूऔषध मुद्धाका अभियुक्तहरु रहेका छन् । पशुपंक्षीसम्बन्धी कसुर मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सुवास दर्जी, सोही ठाउँका ३२ वर्षीय सुनिल भन्ने दिलिप विश्वकर्मा, ३५ वर्षीय धने भन्ने धनबहादुर तोलाङ्गे र ३१ वर्षीय टार्जन भन्ने पूर्णबहादुर सार्कीलाई  प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई झापा जिल्ला अदालतको गत असार २८ गतेको फैसला अनुसार जनही १ बर्ष कैद तथा पीडित राहत कोषमा रु. २०० जम्मा गर्नुपर्ने सजाय तोकिएको थियो । त्यस्तै लागूऔषध मुद्धामा सजाय तोकी फरार रहेका ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नं. १ घर भई हाल दमक नगरपालिका वडा नं।१ बस्ने २३ वर्षीय कमल घिमिरे र सोही ठेगाना भएकी २० वर्षीया रेणुका घिमिरेलाई प्रहरीले आइतवार पक्राउ गरेको छ । उनीहरुलाई झापा जिल्ला अदालतको मंसिर १८ गतेको फैसला अनुसार लागूऔषध मुद्दामा जनही १० महिना कैद तथा पीडित राहत कोषमा रु। २०० जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो । पक्राउ परेका ६ जनालाई नै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार