विराटनगर : कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने गृह मन्त्रालयले जनाएको छ । अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपालले आज एक दिने शोक मनाउने भएको हो ।
आज नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ ।
अमिरको ८६ वर्षको उमेरमा शनिवार निधन भएको थियो ।
“मित्र राष्ट्र कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको संवत् २०८० साल मङ्सिर ३० गते (सन् २०२३ डिसेम्बर १६) का दिन ८६ वर्षको उमेरमा भएको निधनप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट गहिरो दुःख प्रकट गर्दै कुवेत सरकार, कुवेती जनता र स्वर्गीय अमिरको परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने र स्वर्गीय अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सबाको सम्मानमा मिति २०८० पुस २ गते शोक मनाउने तथा नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने छ,” गृह मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया