लागु औषध सहित दुई पक्राउ

सोमबार, ०२ पुस २०८०
  इलाम : लागु औषध सहित इलामबाट दुई पक्राउ परेका छन् । इलामको सूर्योदय नगरपालिका–१० फिक्कलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । झापा स्ट्यान्डबाट लागु औषध ब्राउन सुगर जस्ता देखिने पदार्थ सहित सूर्योदय नगरपालिका–१० फिक्कलमा मोबाइल पसल सञ्चालन गर्दै आएका ४० वर्षीय छिनम तामाङ र २८ वर्षीय अविशेक राई पक्राउ परेका हुन् ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीले लागु औषध खरिद विक्री गर्दै गर्दा दुवै जनालाई पक्राउ गरेको हो । लेनदेनका क्रममा प्रहरीलाई देखेपछि अविशेकको हातबाट लागु औषध भुईँमा खसेको थियो । उनीहरूको साथबाट ३३० मिलिग्रामको ४ पोका र ११० मिलिग्रामको १ पोका लागु औषध फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लगिएको छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार