भेडेटारमा ११ औँ फुड फेस्टिभल पुस १५ गते देखी हुदै

शनिबार, ०७ पुस २०८०
धरान/  ``भेडेटार प्रकृतिको गहना, पर्यटक भित्राउने हाम्रो चाहाना´´ भन्ने नारासहित होटल एसोसियसन भेडेटारद्वारा ३ दिने फुड फेस्टिभल यहि पुस १५ गते देखि हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै ११ औँ भेडेटार फुड फेष्टिभल गर्दा स्थानीय क्षेत्रमा पाइने जातीय खानेकुरा देखि अर्ग्यानिक खानेकुराहरू राखिने होटेल एसोसिएसनका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए । उनले धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण समेत तयार गरेको बताए ।
पूर्वको प्रमुख पर्यटकिय स्थल मध्ये भेडेटार पनि एक हो । भेडेटार कोसी प्रदेश अन्तर्गत केही भाग धरान उपमहानगरपालिका र केही भाग साँगुरीगढी गाउँपालिकाको वडा नं.६ मा पर्दछ । कोसी प्रदेशको आन्तरिक तथा बाह्य पर्यटकहरूले रुचाएको चर्चित पर्यटकीय गन्तव्यका रुपमा पनि लिने गरिन्छ ।
स्थानीय संरचना बन्नु अधि भेडेटार गाविसमा सीमित यो स्थान आज साँगुरीगढी गाउँपालिकामा समाहित भएको अध्यक्ष लिम्बुले बताए । उनका अनुसार भेडेटार समुद्री सतहबाट १ हजार ४ सय २० देखि १ हजार ७ सय ५ मिटरको उचाइ सम्म भएको भू(भाग यो क्षेत्रमा रहेको बताए ।
भेडेटार एउटा रमणीय ठाउँ रहेकोले एक दिन देखि दुई दिन सम्म घुम्न र बस्न अति नै मनमोहक ठाउँ रहेको र पूर्वी पहाडी जिल्ला मध्ये चर्चित ठाउँ रहेको एसोसिएसनका पूर्व अध्यक्ष जितेन्द्र रुम्दालीले बताए।
यहाँ गर्मी छल्न उपयुक्त ठाउँ रहेकोले प्राय गरी मधेस एरिया धरान, इटहरी लगायत नेपालको मधेस एरिया देखि छिमेकी देश भारत सम्मको पर्यट्कहरु गर्मी छल्न आउनेको गरेको पूर्वअध्यक्ष रुम्दालिले बताए । ३ दिने फुड फेस्टिभलमा कृषि प्रदर्शनी, जातीय मौलिक खानाका परिकार, हस्तकला घरेलु उत्पादन, फूल नर्सरी, परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय तथा राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम लगायतका आकर्षण सहित यो वर्ष देखि जिप लाइन, स्काइ ब्रिज र माउन्टेन बाइकलगायतका साहसिक खेल पर्यटनका गतिविधि समेत आकर्षणका रूपमा प्रस्तुत हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार