महोत्सवमा ८ वटा कम्पनीका ३ हजारभन्दा बढी मोडलका जुत्ता चप्पल उपलब्ध हुने आयोजकमध्येका रन सुजका सञ्चालक रुद्र न्यौपानेले जानकारी दिए । उनले महोत्सवमा नेपाली उत्पादनलाई मात्र प्रवर्द्धनका लागि स्थान उपलब्ध हुने बताए ।कतिपय उत्पादनको अवधि समाप्त हुन लागेपछि ‘सेल’ लगाउने व्यवसायिक परम्परालाई अन्त्य गर्दै सो महोत्सवमा नयाँ उत्पादनमात्र उपलब्ध गराउने दावी कम्पनीको छ । महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिने न्यौपानेले बताए । महोत्सवमा १५० देखि ८ हजार रुपैयाँ मूल्यका जुत्ता चप्पल उपलब्ध हुने जनाइएको छ । अहिले नेपाली जुत्ता चप्पल बजारको ६५ प्रतिशत नेपाली उत्पादनले लिएको जानकारी दिदै न्यौपानेले कम्पनीले आफ्ना उत्पादन विदेशी बजारमा पनि निर्यात गर्ने तयारी गरिरहेको जनाए । महोत्सवपछि बिर्तामोडमा ८ वटै कम्पनीको आधिकारिक बिक्री केन्द्र राख्ने तयारी कम्पनीले गरेको छ ।
प्रतिक्रिया