काठमाडौं ९ मा एमालेका कृष्णगोपाल विजयी

मंगलबार, ०६ मंसिर २०७९
नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । आफ्नो राजनीतिक जीवनको आठौं स्पर्धामा उनले चौथो जित निकालेका हुन् । श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमला ६ हजार ४०२ मतसहित तेस्रो स्थानमा सीमित भइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार