शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी साधारण सभा सम्पन्न 

शनिबार, १४ पुस २०८०
इटहरी / विगत २८ वर्ष देखि सञ्चालनमा रहेको शान्ति जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको २८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष वीर बहादुर लिम्बुले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदन अनुसार २०७९र८० को शेयर पुर्जी ७ करोड ७५ लाख  ३१ हजार ५ सय रहेको छ । गत सालको तुलनामा ९ दशमलव २० प्रतिशतले वृद्धि भएको छ भने यस वर्ष संस्थाको कुल ऋण लगानी १ करोड ८२ लाख ९९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ । यस वर्ष संस्थाको जम्मा मुनाफा १ करोड २६ लाख ८९ हजार ३ सय ४२ रहेको छ । संस्थाले आफ्नो २८ औँ वार्षिक साधारण सभामा आफ्ना शेयर सदस्यहरूको स्वास्थ्यको ख्याल गर्दै, इटहरी मेडिकलको सहयोगमा स्वास्थ्य शिविरको आयोजना समेत गरेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लिम्बुको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष रमेश प्रसाद पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।   जिल्ला सहकारी  संघ लिमिटेड इनरुवाका अध्यक्ष गङ्गा प्रसाद दाहाल, कृषि अनुसन्धान निर्देशनालय तरहराका प्रमुख डा.गोविन्द तिम्सिना, इटहरी उपमहानगरपालिका वडा नं. २० का अध्यक्ष तथा संस्थाका सल्लाकार मणिराम श्रेष्ठ, इटहरी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष माधव कोइराला लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार