इलाम / श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन् । इलामको माङसेवुङ गाउँपालिका ४ घर भई हाल दमक नगरपालिका २ मा बस्दै आएका धनबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । उनले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीय श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दमक २ स्थित मखमली टोलमा कृष्ण विश्वकर्माको घरमा बस्दै आएका धनबहादुरले घरायसी झगडाको क्रममा शनिवार श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए ।
टाउको, शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रप्रसाद रिजनलले जानकारी दिए ।
प्रतिक्रिया