केदार कार्कीलाई एक्लै हिँड्ने र शब्दमा चिप्लने छुट छैन

आइतबार, १५ पुस २०८०
युवराज गौतम तमु ल्होसारको दिन सबेरै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की शुभकामना सन्देश समावेश भएको सार्वजनिक वक्तव्यमा ‘कोशी’नाम छुटेपछि सामाजिक सञ्जाल अबेरसम्म तात्यो । सामान्य प्राविधिक त्रुटिलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कार्कीको हुर्मत लिए । विशेषगरी वक्तव्यमा उल्लेखित शुभकामना सन्देशमा कोशी शब्द छुटेपछि प्रतिपक्षी दलका नेता कार्यकर्ताले उनको विरोध जनाए तर आन्दोलनरत पहिचानवादीले खुसी व्यक्त गरे । प्रदेशसभाका दुई तिहाइ विधायकले पास गरेको कोशी शब्दमा चिप्लिलदा कार्कीको यति धेरै आलोचित बने भने जनमतलाई थोरै मात्र अपमान गरे भने राजनीतिक भविष्यमा दाउमा जानेछ भनेर बुझ्न सकिन्छ । पूर्वी नेपालको सबैभन्दा ठुलो सहर विराटनगर नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य बिन्दु भएको सबैलाई जगजायर छ । त्यतिमात्र होइन नेपाली लोकतान्त्रिक राजनीतिको शक्तिकेन्द्र पनि हो विराटनगर । ‘कोइराला निवास’ लोकतन्त्रको पवित्र स्थल हो । तीन जना प्रधानमन्त्री–मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्माएको निवासको हार्दिकता र सद्भाव पाएका केदारमाथि ठुलो अपेक्षा छ । प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिनेहरूसँग लड्नु पनि छ । साथै संविधान कार्यान्वयनको जिम्मेवारी उनीमाथि छ । प्रदेशको भूमिका र जिम्मेवारी बुझाउनुपर्ने अर्को ठुलो दायित्व छ । लामो समय अस्थिर अवस्थामा रहेको कोसीमा संविधानको धारा १६८ ९५० अनुसार असोज २७ गते ४७ जना सांसदहरूको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीको कुर्सीमा रहेका केदारलाई शब्दमा अल्झिने, शब्दमै चिप्लिने र शब्दमै खेलेर पूर्वका १४ जिल्लावासीलाई धोका दिने छुट छैन । त्यतिमात्र होइन नेपाली काँग्रेसको भावी सभापति र मुलुकको प्रधानमन्त्रीको शयर नजिक रहेका डा।शेखर कोइरालाको भविष्यमा खेल्ने छुट पनि छैन । विषय संवेदनशील छ । मुख्यमन्त्री सचिवालयका सहयोगीहरू शब्दमै चिप्लनुलाई सामान्य मान्न सकिँदैन । डिजिटल दुनियाँ र सूचनाको तीव्र प्रवाह रहेको आजको युगमा सचिवालय बढी जिम्मेवारी र संवेदनशील बन्नु जरुरी छ । राजनीतिक भविष्यलाई दाउमा राख्दै एउटा जटिल परिस्थितिबाट मुख्यमन्त्रीको जिम्मेवारीमा पुगेका केदारलाई आफ्नै राजनीति जोगाउन आफ्नै सचिवालयलाई मजवुद बनाउँदै जनताको भरोसा जित्नुपर्नेछ । प्रतिपक्षी दल नेकपा एमालेको समर्थन जुटाएर कोसीको सरकार जोगाउने हिम्मत गरेका केदार काँग्रेसीहरूकै पनि निसानामा छन् । एक समूह उनीमाथि आक्रामक छ । गल्ती भेट्दा ताली पड्काउन तयार भएर बसेको छ । यस्तो बेला केदारले निर्वाह गर्ने भूमिकाको ठुलो महत्त्व हुन्छ । बैगुनीलाई गुनले जित्नुपर्छ भन्ने मान्यतालाई सर्वोपरि ठान्नुपर्ने आवश्यकता छ । आफूलाई विश्वासको मत दिनेलाई विश्वास दिलाउन नसक्दा सरकारबाट एमालेको साथ गुमाएका केदारले अहमता र चरम महत्वकांक्षालाई कोसीमा बगाउनुपर्ने पनि छ । किनकि उनको व्यक्तिगत नेचर परिस्थितिसँग जुध्न सक्ने नेताका रूपमा स्थापित भइसकेकाले अहमता र घमन्ड कोसीमा बगाउँदा उत्तम हुन्छ । यति बेला उनको जिम्मेवारी भनेको सरकारलाई पूर्णता दिने र स्थायी सरकारको नेतृत्व जारी राख्ने हो । एमालेलाई अपजस दिँदै मन्त्रिपरिषद् विस्तार गर्नबाट भाग्न र एक्लै हिँड्न सक्दैनन् । यति बेला उनले देखाउने भनेको कार्य क्षमता र कुशलता हो । जिम्मेवारी सम्हालेको तीन महिना पुगिसक्दा पनि सभामुख चयन, संसदीय समिति चयन गर्न नसक्नु र सरकारलाई पूर्णता दिन नसक्नुलाई केदारको राजनीतिक क्षमतासँग जोडिएको विषय हो । यति बेला कोसीमा बहुमत र अल्पमतको बहस भइरहेकाले सामान्य कारणले सरकार विस्तारको प्रक्रियालाई ढिलाइ गर्नु त्यति जायज मान्नु हुँदैन । गठबन्धनमा रहेका दललाई साथमा लिएर विपक्षीको आवाजलाई सम्बोधन गर्दै मुख्यमन्त्री साझा रूपमा अघि बढ्नुपर्छ । तत्कालीन अवस्थामा मध्यावधि निर्वाचनको ठुलो दुर्घटनालाई रोक्न जटिल परिस्थितिको सामना गरेका केदारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन सम्बद्ध दलको हो । त्यसैले गत साउन १६ गतेदेखि सभामुखविहीन भएको प्रदेश सभालाई नियमित गराउन एमालेलाई सभामुख दिएर भए पनि संसद् खुलाउनतर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार