राई दम्पतीद्वारा अक्षयकोष स्थापना

सोमबार, १६ पुस २०८०
इलाम, पुस / देउमाई नगरपालिका २ तप वामा राई दम्पतीद्वारा अध्यकोष स्थापना गरेका छन् ।  सरस्वती आधारभूत विद्यालयमा उनीहरूले एक लाखको अक्षयकोष स्थापना गरेका हुन् । पूर्व  ब्रिटिस आर्मी समेत रहेका बलवीर राईको परिवारले अक्षयकोष स्थापना गरेको जनाइएको छ । साथै विद्यालयमा भौतिक निर्माणका लागि ५० हजार प्रदान गरेका छन् । सोही विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका राई दम्पती बेलायत, हङकङ देशहरूमा व्यवसाय गरी बसोबास गर्दै आएका छन् । विद्यालयले आफ्नो परिवारलाई र समाजलाई दिएको योगदानको कदर गर्दै सहयोग गरेको बताए । सोही अवसरमा विद्यार्थीहरुलाई कपी समेत वितरण गरिएको छ । विद्यालयको तर्फ बाट राई दम्पतीलाई कदर पत्र सहित सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार