ताप्लेजुङ / निर्माणाधीन मध्य तमोर जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
विद्युतीय तार बार मिलाउने क्रममा तमोर नदीमा खस्दा मृत्यु भएको हो ।
भारत पश्चिम बङ्गालको माल्टा टाउनका करिब २२ वर्षीय मुकेश शाहीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार मध्य तमोर जलविद्युत् आयोजनाको हान्द्रुङ स्थित विद्युत् पावर हाउस नजिक तमोर नदी वारपार तार बार व्यवस्थापन गर्ने क्रममा पारि रहेका साथीलाई डोरी फाल्दा चिप्लिएर नदीमा खसेका थिए ।
प्रतिक्रिया