दीक्षान्त समारोहमा नगर प्रहरीहरूले राष्ट्रिय सलामी अर्पणसहित कवाज समेत प्रदर्शन गरेका छन् । उनीहरूलाई इटहरी उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहेताले शपथ गराएका छन् । नगर प्रहरीलाई दीक्षान्त समारोहमा दर्जेृनी चिन्ह प्रदान गरेको छ ।
उनीहरूलाई दीक्षित गर्दै उप महानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नयाँ नगर प्रहरीहरूको आवागमनले नगर प्रहरीलाई थप सशक्त बनाएको बताए। जनशक्तिका हिसाबले नगर प्रहरीको सङ्ख्या बढ्नुका साथै समग्र इटहरी उप महानगरपालिकाको सुव्यवस्थामा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। उपमहानगर प्रमुख पौडेलले बजार व्यवस्थापनमा नगर प्रहरीको भूमिका अझ सशक्त बनाएर लैजान उहाँले निर्देशन समेत दिएका पौडेलले बताए । नगर प्रमुख पौडेलले जुनसुकै काम कर्तव्य गर्दा बिधिलाई मान्ने र ब्यत्तिलाई नमान्न आग्रह गरेका छन् ।
उप महानगरपालिका नगर कार्यपालिकाको कार्यालय पदपूर्ति समितिको निर्णयअनुसार नगर प्रहरीका विभिन्न पदमा सेवा करारका लागि उपमहानगरपालिकाले गत २०७९ असोज २१ गते इन्स्पेक्टर सहित दुई सई, ३ जना असई , ४ जना हवल्दार सहित २७ जना नगर प्रहरी जवानका लागि दरखास्त आह्वान गरेको थियो। सो दरखास्त अनुसार छनौट भई ३५ दिनको आधारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरू दीक्षान्त पश्चात् कार्यक्षेत्रमा खटिने छन्।
नगर प्रहरीलाई उप महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उप महानगरमा हुने विभिन्न सभा समारोह, स्थानीय जात्रा पर्वहरूको सुरक्षा व्यवस्थापन, उपमहानगर क्षेत्रको पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापन, सरसफाइ सम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयको कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशुको नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारीहरू तोकिएका छन् ।
तालिम अबधीभर उत्कृष्ट रितु चौधरी , विक्रम चौधरी, निता राई, कवाज तर्फ निमा तामाङ, पुष्कर निरौला पुरस्कृत भएका हुन ।
प्रतिक्रिया