झापा । झापामा तातो खोलेमा परेर गम्भीर घाइते एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका वडा नं। ५ का गोपाल टुडूका दुई वर्षीया छोरी सृष्टि टुडूकाको उपचारको क्रममा मृत्यु भएको हो ।
पाँच दिनअघि घरमै तातो खोलेमा परेको सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ । स्थानीय स्तरमा उपचार सम्भव नभएपछि इजि हेल्थ केयर फाउण्डेशनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौंस्थित सुष्मा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।
बालिकाको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।
प्रतिक्रिया