न्यौपानेका अनुसार त्यस पछि भने सुब्बा आफुबाट लुकिछिपी हिडिरहेकोमा एक्कासी बलियामा भेट भएको र छुट्टा छुट्टै मितिमा २ लाख र १ लाख ५० हजारको चेक दिएको थियो । न्यौपाने भन्छन् "२०७९ साल ९ महिना २० गतेको मितिमा २ लाख र २०७९ साल ११ महिना २० गतेको मितिमा १ लाख ५० हजारको एन सि सि बैंकको चेक दिएको थियो । उस्ले दिएको मिति अनुसार चेक लिएर बैंक जादा खातामा पैसा नै रहेनछ ।''
चेतनाथ खतिवडाका अनुसार अन्य केही व्यक्तिहरु पनि सुब्बाबाट पिडित बनेका छन् । निज समिर सुब्बालाई प्रदेश खवरले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
प्रतिक्रिया