आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका छन् । उनले आइतबार अर्थात माघ ३ गते बैठकको आह्वान गर्ने उल्लेख गरेका छन् ।
आगामी माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएपछि सभामुखका लागि चौथो सभामुखको चुनाव हुन लागेको छ । सत्तारुढ दलहरुबीच सभामुख पद नेकपा एमालेले पाउने सहमति भएको छ ।
प्रधानमन्त्री दाहालल भने, ‘माघ ३ गते मलाई विश्वासको मत दिने दलहरूको सर्वदलीय बैठक बोलाउँछु । सर्वदलीय सहमति बनाउने मेरो कोसिस छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुखबारे लिखित सहमति केही छैन । अब बस्ने सर्वदलीय बैठकले धेरै कुरा निर्धारण गर्छ ।’
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिए पछि शभामुख तथा राष्ट्रपतिमा नेपाली कांग्रेसले पनि दावि गर्दै आएको छ ।
प्रतिक्रिया