सुनसरी २ मा घण्टीको अग्रता कायमै

बुधबार, ०७ मंसिर २०७९
सुनसरी क्षेत्र नम्बर २ मा आश्चर्य जनक शैलिमा राष्ट्रिय स्वतन्त्र पार्टीका लालबिक्रम थापाले अग्रता लिइरहेका छन् । हाल सम्मको मतगणना अनुसार घण्टी चुनाव चिन्ह भएका थापाले ४०५९ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । उनलाई नेकपा एमालेका भिम आचार्यले पछ्याइरहेका छन् । एमालेले ३१४७ मत प्राप्त गरेको छ । यता संयुक्त लोकतान्त्रिक बाम गठवन्धनका साझा उमेद्धार झण्डै २ हजार मतले पछि परेका छन् । उनले २१२२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार