काठमाडौं । एउटै गीतको भिडियोमा दुई दर्जन भन्दा बढी अभिनेता अभिनेत्रीलाई समेट्नु आफैंमा सहज छैन । तर विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलले यो असहजलाई सहज गरेर देखाएका छन् । उनले आफ्नो लेखन तथा स्वरमा नृत्यप्रधान गीत ‘छम्म नाचौँ, छप्प नाचौँ‘’को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् ।
सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच यो गीतको भिडियोलाई सार्वजनिक गरेका छन् । समारोहमा यो गीतमा अभिनय गरेका सबै कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । यो गीतमा मोहित मुनालको संगीत रहेको छ ।
कुनै समय नायक रहेर कसम लगायत केही चलिचत्रमा अभिनय गरिसकेका गायक निर्मलले यो गीतको भिडियोमा त अभिनय गरेका छन् नै । यस्तै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडेल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित बिस्ट, गम्भीर बिस्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीसहित २६ जना कलाकारले यो गीतको भिडियोमा अभिनय गरेका छन् ।
यो गीतको भिडियोलाई मनीष पौडेलको निर्देशन गरेका हुन् । भिडियोमा यति धेरै कलाकारलाई एउटै थलोमा ल्याएर अभिनय गराउनु आफ्नो लागि चुनौती भएपनि गायक निर्मल राज पौडेलको सहयोगले यो कार्य सफल भउको निर्देशक पौडेलले् बताए । यो गीतको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । जसमा महेश पौडेलको छायाँकन रहेको छ ।
‘एकसमय चलचित्र अभिनय तथा गायनमा म सक्रिय रहे पनि विज्ञापन लगायत अन्य व्यबसायमा व्यस्त भएपछि कला क्षेत्रमा समय दिन सकिन ।
अहिले साथीभाई र परिवारको प्रेरणाले गायनमा फेरी यो गीतमार्फत फर्किएको छु ।’ गीतको सार्वजनिक समारोहमा गायक निर्मलले भने,‘मेरो भिडियोमा यतिधेरै कलाकारहरुले अभिनयमार्फत मलाई साथ दिनुभएकोमा म साह्रै खुसी छु । यो गीतले दर्शकलाई नचाउँदै मनोरञ्जन दिने विश्वास लिएको छु ।’
गायक पौडेलले अन्य गायक गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक् शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौँ छप्प नाचौँ’ सार्वजनिक गरिएको बताए । आफ्नो गीत लेखन’दयगत उनले भने,‘मैले विज्ञापनका लागि स्क्रिप्ट लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’
१३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ’कमस’, ’प्रिती’, ’पुकार’ र ’आमाको माया’मा अभिनय गरेका छन् । वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् ।
प्रतिक्रिया