गोधुली फुटबल रनिङ कप:क्वाटर फाइनल समिकरण पुरा

शुक्रबार, ०६ माघ २०७९
धरान । धराना जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरु सम्पन्न भएसँगै क्वाटर फाइनल समिकरण पुरा भएको छ । २३ औं संस्करणको टुबोर्ग गोधुली फुटबल रनिङ कपमा वडा नं. १, ५, १५, ११, १६, १४, २० र १७ क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यी टोलीले धरान उपमहानगरपालिकाले आयोजना गर्ने सुपर ८ लिग समेत खेल्नेछन् । आज भएको पहिलो खेलमा धरानको वडा नं. १५ ले वडा नं. १२ लाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । वडा नं. १५ ले ११ नं. सँग क्वाटर फाइनलमा प्रतिष्पर्धा गर्नेछ । १५ वडाकालागी प्रयाग देवान, सुगम जिमी र शुभम कार्कीले गोल गरे । खेलको म्यान अफ द म्याच १५ नं. वडाका सुगम जिमी घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । आज भएको दोस्रो खेलमा वडा नं. २० ले वडा नं. १९ लाई ३–० ले स्तब्ध बनाउने क्वाटर फाइनल यात्रा तय गरेको छ । निर्धारित ८० मिनेटको खेल बराबरी भएपछि थप गरिएको समयमा २० नं. वडाले ३ गोल गरेको थियो । उसकालागी गौरब राईले २ तथा मनोज राईले एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच गौरब राई घोषित भए । उनलाई नगद १५ सय र ट्रफि पुरस्कार प्रदान गरिएको थियो । भोली पहिलो धरान रंगशालामा पहिलो क्वाटर फाइनल खेल हुदैछ । पहिलो क्वाटर फाइनलमा वडा नं. १ र ५ भिड्दैछन् । पुष ३० गतेदेखि माघ १४ गतेसम्म धरान रंगशालामा हुने प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार, उपबिजेताले नगद ७५ हजार र विधागत उत्कृष्टले नगद ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।प्रतियोगिताको आयोजना धरानको गोधुली क्लबले गरेको हो भन प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजन गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार