फिल्म निर्देशक निश्चल बस्नेतद्वारा स्वास्थ्य केन्द्रलाई जग्गा दान

बुधबार, २४ माघ २०८०
इलाम / कलाकार तथा फिल्म निर्देशक निश्चल बस्नेतले इलाममा रहेको जग्गा स्वास्थ्य संस्थालाई दान गरेका छन् । इलाम नगरपालिका–१, साखेजुङमा रहेको जग्गा स्थानीय स्वास्थ्य संस्थालाई प्रदान गरेका हुन् । मालपोत कार्यालय इलाम मार्फत कलाकार बस्नेतले आफ्नो नामको कित्ता नम्बर २ख ५३ रहेको तीन रोपनी दुई दाम तीन पैसा जमिन स्थानीय आधारभूत स्वास्थ्य सेवा उपकेन्द्रलाई दान दिए । इलाम नगरपालिका वडा नम्बर एकका अध्यक्ष गायत्रीराम बस्नेतले प्राप्त जग्गालाई सही सदुपयोग गरिने बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार