इलाम / इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको प्रमुखमा गङ्गाराम पौडेल सिफारिस भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी समितिले सहप्राध्यापक पौडेललाई क्याम्पस प्रमुखमा त्रिविलाई सिफारिस गरेको हो ।
क्याम्पस प्रमुख रहेका सहप्राध्यापक खगेन्द्र चापागाईँको गत १७ गते उमेर हदका कारण अनिवार्य अवकाश भएको छ । त्यसपछि क्याम्पसबाट १ नम्बरमा पौडेल, २ नम्बरमा राजेन्द्र बराल र ३ नम्बरमा बद्रीप्रसाद फुयाँलको नाम कार्यकारी समितिमा प्रमुखका लागि सिफारिस गरिएको थियो ।
क्याम्पस प्रमुखको पदावधि चार वर्षको हुनेछ ।
फाकफोकथुम घर भएका पौडेल शिक्षा र नेपाली विषयका सहप्राध्यापक हुन् ।
प्रतिक्रिया