पहिचानवादी र कोशी सरकारबीच दोस्रो दिनको वार्ता जारी

शुक्रबार, २६ माघ २०८०
विराटनगर । पहिचानवादी र कोशी प्रदेश सरकारका प्रतिनिधिबीच आज दोस्रो दिनको वार्ता सुरु भएको छ । हिजो बसेको वार्तामा दुवै पक्षले आफ्ना कुरा राखेका थिए । बिहीबार आज फेरि बस्ने गरी बैठक सकिएको थियो । पहिलो दिनको बैठक सकारात्मक रहेको भन्दै दुवै पक्षले आज फेरि वार्ता बस्ने सहमति गरेका थिए । कोशी प्रदेश सरकारले प्रदेश नामकरणमा असन्तुष्ट पहिचान पक्षधर समूहसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक तथा पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहनेगरी समिति बनाएको थियो । वार्तामा उक्त सरकारी टोली सहभागी छ । आन्दोलनरत पक्षको तर्फबाट केन्द्र सिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जमेली राई, जेन्टल लावती, पदम जबेगू र चन्द्रकुमार चौधरीलगायत सहभागी छन् । प्रदेशसभाले २०७९ फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखेको थियो । त्यसको विरोध गर्दै पहिचानका आधारमा नामकरण गरिनुपर्ने मागसहित पहिचानवादीहरुले आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार