दायित्वहरु व्यवस्थापन गर्न ठूलो चुनौति छ : डा.महत

शुक्रबार, २६ माघ २०८०
काठमाडौं । अर्थमन्त्रीडा.प्रकाशशरण महतले सरकारको दायित्वहरु बढ्दै गएकाले त्यसलाई व्यवस्थापन गर्न ठूलो चुनौति रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय व्यवस्थापन सम्मेलनमा उनले आन्तरिक स्रोत र साधनले सबै दायित्वहरुलाई पूरा गर्न अलि कठिन भएको भन्दै साधन स्रोतलाई महत्वका साथ सुक्ष्म विश्लेषणका आधारमा प्राथमिकीकरण गर्न जरुरी भएको बताए । उनले भने, ‘हाम्रो आन्तरिक स्रोत र साधन, राजस्वबाट जे प्राप्त हुन्छ त्यसले सबै दायित्वहरुलाई पूरा गर्न अलि कठिन भएको छ । हामीले यस्तो अवस्थामा कुन आयोजनाले धेरै प्रतिफल दिन्छ, बढी जनसंख्यालाई सम्बोधन गर्छ, त्यस्तो आयोजनालाई प्राथमिकीकरण गर्न जरुरी हुन्छ । त्यसको सुरुवात हामीले गर्न थालेका छौ । धेरै दायित्वहरु बढेको हुनाले त्यसलाई व्यवस्थापन गर्नुपर्ने चुनौतीहाम्राअगाडि छ । त्यसकारण साधन स्रोतलाई महत्वका साथ सुक्ष्म विश्लेषणका आधारमा प्राथमिकीकरण गर्न जरुरी छ ।’ उनले पुँजीगत खर्चलाई व्यवस्था र अनुशासनमा ल्याउने काम सुरुवात गरेको भन्दै ऋणको दायित्व बढ्ने अवस्थाकाबारे पनि सरकार सजकरहेको बताए। उनले भने, ‘पुँजीगत खर्चलाई व्यवस्था र अनुशासनमा ल्याउने काम सुरुवात गरेका छौ । भविष्यको मतलबन गरि बहुवर्षिय ठेक्कादिने प्रचलनले समस्या आएको हुनाले यस्ता योजना चार गुना भन्दा हुन नसक्ने र त्यो पनिअर्को वर्ष जति त्यसको भार हो त्यो अनिवार्य रुपमा सम्बन्धीत मन्त्रालयले राख्नै पर्नेगरि व्यवस्थित गर्न खोजेका छौ । त्यतातर्फ हामीउन्मुख छौ र यो ऋणको दायित्व बढ्ने अवस्थानआओस् भन्ने तर्फ सजक छौ ।’ सरकारले मात्रै गरेर सम्पूर्ण काम हुन्छभन्ने मानसिकताको अन्त्य गर्न जरुरी भएको भन्दै यसमा नीजि क्षेत्रको सहयोग पनि आवश्य रहेको उनको भनाई छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार