थाहा भएका बिरामीमा पनि उपचार गराउनु पर्छ भन्ने चेतना नहुँदा समस्या भइरहेको स्पतालका मेडिकल सुपेरिन्टेन्डेन्ट डा.रक्षा पन्तले बताइन् । उनकाअनुसार उपचारमा हेलचेक्रयाईँ गर्ने प्रवृत्ति मोतियाबिन्दु नियन्त्रणको मुख्य र जटिल चुनौती रहेको उनले बताइन् ।समाज तथा आँखाका बिरामीहरूको आँखा स्वास्थ्य तथा आँखा दान सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले विभिन्न खाले स्वास्थ्य शिक्षा कार्यक्रमहरू मार्फत समाजलाई सचेत गराइरहेको उनले बताइन् । अत्याधुनिक उपकरण तथा तथा अनुभवी चिकित्सकीय टोलीद्धारा गुणस्तरीय, सस्तो, सहज उपलब्ध हुने आँखा–कान सेवा र प्रभावकारी व्यवस्थापन मुख्य आकर्षण रहेको उनको भनाइ छ । इलामसँग जोडिएका जिल्लाहरूका बिरामीलाई मद्दत पुग्नुका साथै छिमेकी मुलुक भारतका बिरामीहरूसमेत लाभान्वित हुने बताउँछन्, कार्यक्रममा प्रमुख अतिथि सूर्योदय नगरपालिका मेयर रणबहादुर राई । यो क्षेत्रको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुर्याउने विश्वास रहेको उनले बताइन् । कार्यक्रममा पद्मनारायण चौधरी, रविन्द्र लाल चौधरी, श्याम सुन्दर उदास, सुधीर ठाकुर, ईन्द्र फँयाल, राजन श्रेष्ठ तथा कुमार पृथुलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया