तोलामा १२ सयले घट्यो सुनको मूल्य

बुधबार, ०२ फागुन २०८०
काठमाडौं / साताको चौथो दिन बुधबार सुनको मूल्य १ हजार २ सय रुपैयाँले घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन तोलामै १ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अुनसार बुधबार चाँदीमा तोलाको ३० रुपैयाँ कमी आएको छ। बुधबार छापावाल सुनको मूल्य १ लाख १६ हजार पाँच सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ। चाँदी भने बुधबार तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार