झापा / झापाको बुद्धशान्ति गाउँपालिकामा श्रीमान अर्कै महिलासँग लागेको भन्दै एक महिलाले नानीसहित आत्मदाहको प्रयास गरेकी छन् ।
शुक्रबार राति बुद्धशान्ति–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले ५ वर्षकी छोरी वर्षालाई शरीरमा सलले बाँधेर पेट्रोल खन्याएर आगो लगाएकी थिइन् । घटनामा आमा र छोरीको शरीरकको अधिकाँंश भाग जलेको छ ।
आज विहान छोरी वर्षाका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता ढुण्डीराज गिरीले बताए ।
घाइते दुबैलाई बीएन्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आमाको अवस्था चिन्ताजनक छ । आत्मदाह अघि आमाले सुसाइट नोट लेखेर घटनास्थल नजिकै छाडेकी थिइन् । प्रहरीले फेला पारेको सुसाइट नोटमा उनका पति राजन बिक परस्त्रीसँग लागेको उल्लेख छ ।
मजदुरी काम गर्ने राजन बिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटना भएका बेला घरमा रमतेलकी ८१ वर्षीया सासुआमा सुन्तलीमाया खाती थिइन् ।
प्रतिक्रिया