कोशी प्रदेशको बहुआयामिक क्षेत्रको समृद्धिका लागि सञ्चारमाध्यमले सशक्त ढंगले काम गरोस् : मुख्यमन्त्री

सोमबार, ०७ फागुन २०८०
इटहरी / कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको बहुआयामिक क्षेत्रको समृद्धिका लागि सञ्चारमाध्यमले सशक्त ढंगले काम गर्नुपर्ने बताएका छन् । इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्धारा सञ्चालित प्रदेश खबर डट कम न्यूज पोर्टलको प्रथम वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको आर्थिक, सामाजिक लगायत बहुआयामिक क्षेत्रको समृद्धिका लागि न्यूज पोर्टलले सशक्त ढंगले काम गर्नुपर्ने बताएका हुन् । ‘देशको सर्वाङ्गीण विकासका लागि सञ्चार माध्यमले सशक्त भूमिका निर्वाह गर्न सक्दछ । देशको समृद्धिका पक्षमा सञ्चार पैरवी गर्नेतर्फ सबै सञ्चार माध्यमले ध्यान दिन जरुरी छ,’ मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन्, ‘तथ्यपरक समाचारले सामाजिक व्यवस्थालाई सकारात्मक पक्षपोषण गर्ने भूमिका यस सञ्चार माध्यमले खेल्नेछ भन्नेमा म विश्वस्त छु ।’ एक वर्षअघि स्थापना भएको प्रदेश खबरले कोशी प्रदेशसहित अन्य प्रदेशका खबरलाई प्राथमिकतामा राखेर सत्य, तथ्य र निष्पक्ष रही समाचार सम्प्रेषण गर्दै आएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार