इकोनोमिक मिडिया एसोसिएसन नेपाल कोशी प्रदेशको अध्यक्षमा सञ्जिव वाग्ले

सोमबार, ०७ फागुन २०८०
इटहरी । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को कोशी प्रदेश कमिटि गठन भएको छ । नीति सञ्चार डटकमका सञ्चालक सञ्जिव वाग्लेको अध्यक्षतामा कोशी प्रदेश कमिटि गठन भएको प्रमुख निर्वाचन अधिकृत पवन अधिकारीले जानकारी दिए । इमानको कोशी कमिटीमा उपाध्यक्ष दर्शन दैनिकबाट चिना थापा र टिका खतिवडा रहेका छन् । त्यस्तै, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी पुर्वञ्चल दैनिक डटकमबाट, कोषाध्यक्ष हिमाल दाहाल न्युजलय डटकमबाट र सह–कोषाध्यक्ष दीपक कटुवाल राष्ट्रिय डेल्ली डटकमबाट सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए । त्यो सँगै सदस्यहरूमा योगेश बाबु काफ्ले कोशिपत्र दैनिक, भिम चापागाईँ पालिका पेज, टोम राज मेहेता सुनसरी अनलाइन, होम बहादुर बस्नेत, दमन राई, मदन गौतम र गणेश सांपाङ निर्वाचित भएको अधिकारीले बताए । निर्वाचन पश्चात् इमानका कोशी अध्यक्ष वाग्लेले इमानको सदस्य अझ बढाउँदै लगिने बताए । आर्थिक पत्रकारितालाई कसरी समेटिने भन्ने छलफल गरेर काम गर्ने वाग्लेले बताए । कोशी प्रदेशमा आर्थिक विधामा सक्रिय रहेका मिडियाहरूलाई बलियो बनाउने योजना ल्याएर कार्यान्वयन गर्ने वाग्लेले बताए । उनले आर्थिक पत्रकारितालाई कोशी प्रदेशमा बिटको रूपमा विकास गर्ने बताए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार