तेलकाे ट्यांकरमा ६०० केजी गाँजा तस्करी , भेडेटारबाट एक भारतीयसहित ४ जना पक्राउ

मंगलबार, ०८ फागुन २०८०
काठमाडौं / धनकुटाकाे भेंडेटारमा ६०० केजी गाँजासहित चारजना पक्राउ गरेका छन्। साँगुरीगढी गाउँपालिका ६ भेडेटारस्थित तेल बाेक्ने ट्यांकरमा ६०० केजी गाँजा भेटिएकाे हाे। शंका लागेर काे १ ख ७३२२  नम्बरकाे ट्यांकर चेकजाँच गर्दा ६०० केजी गाँजा भेटिएकाे इलाका प्रहरी कार्यालय, भेटेडारका प्रहरी नायव निरीक्षक जीवन कार्कीले जानकारी दिए। ‘ट्यांकर धनकुटाबाट धरानतर्फ जाँदै थियाे, शंका लागेर चेकजाँच गर्दा ६०० केजी गाँजा भेटियाे, ‘ उनले भने। नायव निरीक्षक कार्कीका अनुसार पक्राउ पर्नेहरूमा एक भारतीयसहित तीन नेपाली रहेका छन्। प्रहरीले यससम्बन्धमा थप अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार