खेलाडीलाई फुङलिङ नगरपालिकाद्धारा नगद सहित सम्मान

बुधबार, ०९ फागुन २०८०
ताप्लेजुङ :   राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पदकधारी नगर क्षेत्रका खेलाडीहरूलाई ताप्लेजुङको फुङलिङ नगरपालिकाले नगद सहित सम्मान गरेको छ । १४ औँ रनिङ शिल्ड प्रतियोगिताका विजेता खेलाडीलाई सम्मान गरिएको हो । स्वर्ण पदक विजेता खेलाडीलाई नगद २ हजार, रजत पदक विजेता खेलाडीलाई १ हजार ५ सय र कास्य  पदक विजेता खेलाडीलाई १ हजार रुपैयाँ सहित सम्मान गरेको हो । फुङलिङ नगरप्रमुख अमिर मादेनले पदक विजेता खेलाडीहरूलाई एक कार्यक्रम बिच नगद सहित सम्मान गरेका हुन् । आठराई त्रिवेणी गाउँपालिका वडा नं २ फूलबारीस्थित मह भीर खेल मैदानमा फागुन १ देखि ४ सम्म भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फुङलिङ नगरपालिकाले २१ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेर दोस्रो भएको थियो । कुल ६६ स्वर्णमध्ये ३५ स्वर्ण जितेको आठराई १८ रजत र कासेसहित ५८ पदक जितेर पहिलो तथा ३ स्वर्ण, ४ रजत र ५ कास्य सहित मिक्वाखोला गाउँपालिका १२ पदकसहित तेस्रो भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार