राजवंशीको उपचारका लागि सहयोगको अपिल

विहीबार, १० फागुन २०८०
झापा । वैदेशिक रोजगारीको सिलसिलामा केही वर्ष कतार बसेर स्वदेश फर्किएका बिर्तामोड–४ का थानप्रसाद राजवंशीले पाँच लाख ३५ हजार रुपैयाँ खर्चिएर तीन पाङ्ग्रे सवारी (टेम्बो) खरिद गरे । विदेशमा गरिने दुःखको सट्टा स्वादेशमा नै केही गर्न सकिन्छ भन्ने अठोटका साथ टेम्पो चलाउन शुरु गरेका उनले टेक्पोको कमाईबाट परिवार धान्दै आएका थिए तर, गतवर्ष असोज १० गते अचानक विरामी बनेका उनी अहिलेसम्म विरामी नै छन् । बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लामो समयसम्म उपचार गराउँदा समेत स्वास्थ्यमा सुधार नआएपछि अहिले उनी बिर्तामोड ४ स्थित घरमा थलिएर बसेका छन् । प्यारालाइसिसका कारण दुबै खुट्टा चलाउन नसक्ने भएपछि उनी झण्डै १८ महिनादेखि ओच्छयानमा छन् । उनी विरामी परेर थलिएसँगै अहिले उनको परिवारलाई हात–मुख जोर्न समेत धौं धौ परेको छ । औषधि किन्ने पैसा समेत नभएपछि छिमेकीहरुले दिनहुँ सहयोग संकलन गरेर औषधि खरिदका लागि रकम जुटाइदिइरहेका छन् । तर, खाने अन्न नहुँदा थान प्रसादको परिवारलाई समस्या माथि समस्था थपिएको छिमेकी कमला विश्वकर्माले बताइन् । उनले भनिन्– ‘आज मेरो पाली परेकाले सहयोग संकलनका लागि आएकी हुँ’ बिर्तामोडस्थित अतिथि सदन रोडमा सहयोग संकलनका क्रममा भेटिएकी कमलाले भनिन्– २०÷५० उठाएर के पार लाग्ला र तर पनि औषधि किन्ने पैसा नै नभएपछि हामी छिमेकीले सहयोग रकम संकलन गरिदिइरहेका छौं । राजवंशीका उपचारका लागि यसअघि बी एण्ड सी अस्पतालमा झण्डै आठ लाख रुपैयाँ खर्च भएको र थप उपचार गर्ने रकम र खाने अन्न नै नभएपछि छिमेकीहरुले सहयोग संकलन गरिदिनु भएको हो थान प्रसादकी श्रीमती महिमा राजवंशीले भनिन्– ‘सासु–ससुरा वृद्ध अवस्थामा हुनुहुन्छ, छोरी पनि सानै छ । म सहयोग संकलनका लागि हिँड्न नसक्ने भइपछि छिमेकीको सहायता लिनु परेको हो ।’ छोरी बिर्तामोडस्थित कञ्चनजंघा स्कूलमा अध्ययनरत् रहेको र लामो समयदेखि शुल्क बुझाउन नसक्दा उनको पढाई समेत प्रभावित भएको राजवंशीको भनाई छ । श्रीमान् विरामी परेदेखि खर्च अभावमा छोरीले पढ्न त पाइनन् नै उपचार गराउँदा÷गराउँदै भएको पैसा सबै सकियो, अहिले भात खान नै समस्या भएको छ महिमाले भनिन्– ‘अब कसरी श्रीमानको उपचार गर्ने र कसरी खाने चिन्ताको विषय छ । बी एण्ड सीका डाक्टरले नियमित स्वास्थ्य जाँच गराउनु, थेरापी गर्नु भनेका छन्, तर के खाने भन्ने ठेगान छैन कसरी श्रीमान्को उपचार गर्नु’ –महिमाले भनिन् – ‘श्रीमान्को उपचारका लागि सबैले सकेको सहयोग गरिदिनु होस् ।’ राजवंशीको आर्थिक अवस्था कमजोर रहेको र उपचारमा खर्च अभाव रहेको भन्दै बिर्तामोड नगरपालिका वडा नम्वर ४ ले समेत सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ । यता बी एण्ड सी अस्पतालकी न्यूरो सर्जरी विभागकी डा. करुणा ताम्राकारले राजवंशीको स्वास्थ्यमा देखिएको समस्याका विषयमा कुनै कुरा जानकारी लिनुपरेमा अस्पतालमा सम्पर्क गर्न आग्रह गरेकी छिन् । उनले राजवंशीको स्वास्थ्यमा देखिएको समस्या पूर्णरुपमा ठीक भइनसकेको र अस्पतालबाटगत वर्षको कात्तिक ४ गते डिस्चार्ज लिएर गएको बताएकी छिन् । आर्थिक अभावका कारण जीवन मरणको संघर्षमा रहेका राजवंशीको परिवारलाई सहयोग गरिदिन परिवार सहित छिमेकीले समेत आग्रह गरेका छन् । उनको उपचारका लागि सहयोग गर्न चाहने महानुभावले नेपाल बैंकको ०८८०११०७६४०५२१०००००१ नम्वरको खातामा रकम जम्मा गरिदिन हुन आग्रह गरेका छन् । विरामीको स्वास्थ्य अवस्था बुझ्नु परेमा ९८१६०७९४२७ मा सम्पर्क गर्न सकिने छिमेकी कमला विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार