'इटहरीमा बजेट पार्न मलाई सम्झनुहोस्' : एमाले अध्यक्ष ओली

बुधबार, १६ फागुन २०८०
इटहरी । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इटहरीस्थित कचना बुढीगंगा महादेव माविको भवन उद्घाटन गरेका छन् । साढे ९ करोड लागतमा बनेको विद्यालय भवन बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै नेता ओलीले इटहरी र सुनसरीलाई सहयोग गर्न आफू सधै तयार रहेको बताए । ‘योजनामा राख्न, बजेट पार्नका लागि मलाई सम्झनुहोस्,’ उनले भने, ‘उद्घाटन ठूलो कुरा होइन, वडाध्यक्षले गरेपनि हुन्छ ।’ उनले सबैका लागि गुणस्तरीय शिक्षा उपलब्धताका लागि आफूले सक्दो सहयोग गर्नेसमेत बताए । ‘सरकारमा भएपनि नभएपनि म तपाईहरुलाई सहयोग गर्न सधै तयार छु,’ उनले भने । उनले शिक्षा विकासको लागि पुर्वाधारले मात्र केही नहुने बताउँदै शिक्षक शिक्षकाहरुसमेत दक्ष हुनुपर्ने विचार राखे । इटहरी वडा नं. ४ मा रहेको उक्त स्कुलको भवन उद्घाटन  गर्ने विषयमा इटहरीका मेयर हेमकर्ण पौडेल र विद्यालय व्यवस्थापन समितिबिच विवाद चुलिएको थियो । व्यवस्थापन समितिले ओलीलाई ल्याएर उद्घाटन गर्ने निर्णय गरिरहँदा पौडेलले भने राम्रो तयारी गरेर पछि उद्घाटन गर्ने गरी तत्काललाई उद्घाटन स्थगित गरेका थिए । व्यवस्थापन समिति र नेकपा एमाले इटहरी समितिसँग कुरा नमिलेपछि मेयर उद्घाटन कार्यक्रममा उपस्थित भएनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार