त्रिपालमुनि मिटरब्याजपीडित (फोटोफिचर)

विहीबार, १७ फागुन २०८०
काठमाडौं । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिन पैदल हिडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू एक सातादेखि काठमाडौंमा धर्नारत छन् । कहिले खाली खुट्टाले पैदल हिडेर मार्च गर्छन्, त कहिले संसद् भवनको दैलो ढकढक्याउँछन् । आफूहरुले न्याय नपाएसम्म धर्ना र प्रदर्शन गरिरहने उनीहरूको अडान छ । दिनभर सडकमा प्रदर्शन गर्ने उनीहरू हिउँदको ठण्डीमा काठमाडौँमा कसरी बसिरहेका छन् ? कसैले चासो लिएको छैन । दिउँसो होस् वा राति, भृकुटीमण्डपमा एउटै त्रिपालभित्र चिसो भुँइमा पल्टिएर थकान मेटाइरहेका छन् उनीहरू । सरकारले पटक पटक समस्या समाधान गर्ने आश्वासन दिएपनि आफूहरूले न्याय पाउने अवस्था नबनेको उनीहरुको भनाइ छ । यसपटक आफूहरुलाई न्याय सुनिश्चित हुने गरी न्यायिक छानविन आयोग गठन गर्नुपर्ने उनीहरूको बटमलाइन छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार