छात्राको रहस्यमय मृत्युको छानविन गर्न कांग्रेसको माग

शनिबार, १९ फागुन २०८०
काठमाडौं । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन बोर्डिङ स्कूलकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु भएको घटनासँग जोडिएका शंकास्पद विवरणहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसले उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी बालिका मृत भेटिनु आफैंमा दुखःद् भएको भन्दै आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर रहेको बताएको छ । ‘विद्यालयको अभिभावकत्वमा उज्यालो भविष्यका लागि अध्ययन गरिरहेकी एउटी बालिकाको आकस्मिक बिदाई आफैंमा अत्यन्तै दुःखद त भएको छ नै,झुन्डिएको अवस्थामा मृत भेटिनु र त्यसपछिल्तिर आत्महत्या दुरुत्साहन या हत्याको आशंकाको स्थिति अत्यन्तै गम्भीर छ । नेपाली कांग्रेस यो घटनालाई निष्पक्ष ढंगले गहन अनुसन्धान गरी छिटो भन्दा छिटो सत्य, तथ्य बाहिर ल्याउन र दोषीलाई हदैसम्मको कार्वाहीका लागि सरकारसँग जोडदार माग गर्दछ,’मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै पार्टीले बालिका शालिन पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार