काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, भक्तपुरको गठ्ठाघर बस्ने बाराको कलैयाका २२ वर्षीय रामसेवक राम र पर्साको वीरगंज–१५ का २४ वर्षीय आकाश साह सोनारलाई पक्राउ परेका हुन् ।
उनीहरूले अनलाइन च्याटमा विभिन्न ब्राण्डका मोबाइल सेट, आइफोन जस्ता महँगो मूल्यका मोबाइल सेट उपलब्ध गराइ दिने प्रलोभन देखाइ रकम पठाउन लगाउने र अमेरिका लगायतका देशबाट पार्सल स्वरूप सुनका गरगहना, औँठी, जुत्ता, कपडा जस्ता सामान पठाइदिएका छौँ भनी भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनका लागि रकम पठाउन लगाउने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर, टेकु पठाइएको छ।
प्रतिक्रिया