अन्योलमा हेटौँडा बजार सडक बिस्तार, डिभिजन कार्यालयसँग छैन बजेट

मंगलबार, २२ फागुन २०८०
मकवानपुर । हेटौंडा बजारको सडक बिस्तारको विषय लामो समयदेखि चर्चामा रहिरहेको छ । संघीय सरकारअन्तर्गत् सडक डिभिजन कार्यालय हेटौंडाले पटक–पटक सडक बिस्तारको सूचना जारी गरे पनि वास्तबमा सडक बिस्तार गर्न सकेको छैन । अदालतमा परेको रिट निवेदनपछि सडक बिस्तार कार्य केही समय स्थगित भए पनि सर्वोच्च अदालतले सबै रिट निवेदन खारेज गरिसकेको छ । तर, मुख्य समस्याका रुपमा देखिएको छ बजेट अभाव । अदालतमा रिट निवेदनपछि स्थगित भएको सडक बिस्तार सर्वोच्चले सबै रिट निवेदन खारेज गरिदिएको भए पनि पूणर्पाठ आउन बाँकी नै छ । पूणर्पाठ आए पनि मुख्य समस्याका रुपमा देखिएको छ बजेट अभाव । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले अदालतको फैसलापछि धेरै काम अगाडि बढाइसकेको बताए पनि कार्यालयसँग सडक बिस्तारका लागि बजेट नै नरहेको बताएका छन् । यादबका अनुसार सडक बिस्तारका लागि आवश्यक पर्ने बजेट मन्त्रालयमा माग गरिसकिएको छ तर बजेट प्राप्त नहुँदासम्म सडक बिस्तारको काम अगाडि बढ्न नसक्ने स्पष्ट पारेका छन् । उनले बजेटको अभावलाई मुख्य समस्याका रुपमा औंल्याएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार