सिरिजङ्गा गाउँपालिकाद्धारा पशुधन बीमा कार्यक्रम सुरु

विहीबार, २४ फागुन २०८०
ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पशुधन बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि तथा बाली बीमा कार्यक्रम अन्तरगत पशुधन बीमा कार्यक्रम सुरु गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीका अनुसार पशु बीमा गरेबापत कृषकले बीमाङ्कको २० प्रतिशत रकम व्यर्होनु पर्ने हुन्छ ।
अनुदानको रकम सोझै गाउँपालिकाले बीमा कम्पनीलाई पठाउने भएको छ । बीमा गरेको पशुको ट्याङिग बापत प्राविधिक खर्च, जीवन बीमा बापतको खर्च र हुलाक टिकट मात्र पशुधनीले व्यर्होनुपर्ने नेपालीले जानकारी दिए ।
बीमा कार्यक्रममा सहभागी हुन चाहने पशुधनीले फागुन ३० गते भित्र पालिकाका सम्बन्धित वडामा आवेदन गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । आवेदकले पशुको सङ्ख्या तथा उमेर किटान गर्नुपर्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार